केन्द्रीय समिति बैठक अघि शेखर पक्षले प्रदर्शन गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका नेता-कार्यकर्ताहरुले आज पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने भएको छ ।

भ्रातृ संस्थाका कार्यसमितिलाई पूर्णता दिन माग गर्दै सो समूहले पार्टीको केन्द्रीय समिति बैठक सुरु हुनुअघि प्रर्दशन गर्ने भएको हो । प्रर्दशनमा नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाका कोइराला पक्षका नेता-कार्यकर्ताहरु सहभागी हुने भएका छन् ।

कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैंछ । त्यसअघि साढे ११ बजेदेखि नै पार्टी कार्यालय बाहिर प्रदर्शनको कार्यक्रम तय गरिएको छ ।

१० फागुनमा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले अवधि पूरा भएका १० भ्रातृ संस्थाको केन्द्रीय कार्यसमिति भंग गरेको थियो । नेविसंघ, तरुण दल, प्रजातन्त्र सेनानी संघ, किसान संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपांग संघ, तामाङ संघ, ठाकुर समाज, महिला संघ र भूतपूर्व सैनिक संघको केन्द्रीय कार्य समिति फागुन ३ मा भंग गरिएको थियो ।

  • २७ असार २०७९, सोमबार ०८:५२ प्रकाशित