राष्ट्रिय सनातन धर्म संस्कृति महासंघको आयोजनामा राजधानीमा दुईदिने ‘राष्ट्रव्यापी सनातन धर्म सम्मेलन’काठमाण्डौको पशुपतिक्षेत्रमा सुरु भएको छ,
सम्मेलनको उद्घाटन समारोहमा बोल्दै राप्रपा नेपालका अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री कमल थापाले नेपालको गुमेको हिन्दुराष्ट्रको पहिचान छिट्टै पुनर्स्थापित हुने विश्वास व्यक्त गरे ।
वैदेशिक शक्तिहरुको बलमा जवर्जस्ती धर्मनिरपेक्षता घोषणा गरिएको बताउँदै नेपाललाई हिन्दुराष्ट्रको रुपमा पुनर्स्थापना गर्न सनातन ॐकार परिवार भित्रका हिन्दु, बौद्ध, किराँत, शिख, जैनलगायतका सम्पुर्ण सम्प्रदाय एकजुट हुनुपर्ने बताए।
धर्म परिवर्तनको डढेलो लाई रोक्न सबै जाकरुक हुनुपर्नेमा थापाको जोड थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले नेपालको वैदिक सनातन सभ्यताको बारेमा प्रकाश पारे ।
कार्यक्रम भोलि सम्म जारी रहनेछ ।














