चरक अस्पतालमा स्याङ्जा गण्डकी यातायातका सवारीलाई छुट

केन्द्रभाग मिडिया

पोखरा ।

स्याङ्जा गण्डकी यातायात प्रा.लि.मा आवद्ध सवारी साधनहरुले भईपरि आउने दुर्घटनाको उपचारमा विशेष छुट पाउने भएका छन् ।पोखरामा स्याङ्जा गण्डकी यातायात प्रा.लि. र पोखरा– ८ स्थित चरक मेमोरियल अस्पतालविच भईपरि आउने दुर्घटना तथा उपचारसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा चरक मेमोरियल अस्पतालका प्रवन्ध निर्देशक कपिल पोखरेल र प्रा.लिका कोषाध्यक्ष महेश बहादुर थापाले हस्ताक्षर गरेका हुन् ।स्याङ्जा गण्डकी यातायातमा आवद्ध सवारीमा भईपरि आउने दुर्घटनाका घाइते भएकाहरुको अस्पतालले औषधोपचारमा विशेष छुट दिने सहमती भएको छ ।
यस्तै प्रालिमा आवद्ध कर्मचारी तथा उनीहरुका परिवारको दुर्घटना तथा अन्य उपचारमा पनि विशेष छुट सहित उपचार गरिने सम्झौतामा भएको प्रा.लिका महासचिव भानुभक्त बरालले जानकारी दिए ।

  • २६ असार २०७९, आईतवार १६:३२ प्रकाशित