बसले किच्दा २१ वर्षे युवकको मृत्यु

केन्द्रभाग मिडिया

चितवन ।
चितवनको भरतपुर महानगरपालिकामा बसले किच्दा एक युवकको ज्यान गएको छ ।

बस मर्मत गर्ने क्रममा सोही बसले किच्दा भरतपुर महानगरपालिका– २४ का २१ वर्षीय सुरज नेपालीको ज्यान गएको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा बिग्रिएर मर्मत गर्दै गरेको ना५ख ९६७ नं को बस चालकले परीक्षण गरेर चलाउँदै गर्दा सहचालकको मृत्यु भएको हो ।

बसले किचेर घाइते नेपालीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । प्रहरीको अनुसार बस चालकलाई नियन्त्रणमा लिइएको छ ।

  • २६ असार २०७९, आईतवार १६:०१ प्रकाशित