एन्फा कार्यसमिति बैठक साउन पहिलो साता

केन्द्रभाग मिडिया

काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक साउन पहिलो साता बस्ने तय भएको छ । एन्फा महासचिव किरण राईले कार्यसमिति बैठक २ साउन ९सोमबार०मा बस्ने जानकारी दिए ।

राईका अनुसार बैठकको मुख्य एजेन्डा स्थगित नेपाल सुपर लिग  (एनएसएल)रहेको छ । साथै असन्तुष्ट रहेका चार क्लब (थ्रीस्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोड टिम एनआरटी) र एन्फाको बैठकले प्रतियोगिता रद्द गर्न कार्यसमिति बैठकमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

आइतबारनै एन्फाले एनएसएल आयोजक नेपाल स्पोर्टस् इभेन्ट एण्ड म्यानेजमेन्टसँग अनौपचारिक छलफल गरेको हो । छलफलमा मिलेर जाने र आगामी कार्यसमितिको बैठकले जेसुकै निर्णय गर्नसक्ने महासचिव राईले बताए ।

गत चैतमै हुनुपर्ने प्रतियोगिता विवादका कारण स्थगित छ । यद्यपि, अघिल्लो कार्यसमितिले प्रतियोगिता २१ भदौदेखि १० कात्तिकसम्म गर्न स्वीकृति दिएको छ ।

  • २६ असार २०७९, आईतवार १५:५३ प्रकाशित