काठमाडौं ।
काठमाडौँ महानगरपालिकाको फोहोर टेकुस्थित ट्रान्सफर स्टेशनमा अस्थायी व्यवस्थापन गर्न थालेको छ ।
फोहोरमा जीवातु राखेर प्लाष्टिकले छोपेको छ । बर्खाले सडक बिग्रिएपछि पूर्ण क्षमतामा फोहोर ल्याण्डफिल साइटमा लैजान नसकिएपछि फोहोरलाई टेकुमा व्यवस्थापन गरिएको महानगरले जनाएको छ।
प्रमुख बालेन्द्र शाह ९बालेन० को सचिवालय सदस्य इञ्जिनियर सुनिल लम्सालकाअनुसार सहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दृश्य र दुर्गन्ध बढ्ने भएकोले यसअघि थुप्रिएको फोहोर छोपिएको हो । यसरी छोपिएको फोहोरमा जीवातु हालिएको छ । त्यसमाथि प्लाष्टिकले छोपिएको हो । यसबाट ट्रान्सफर स्टेसनबाट स्थानीयलाई पर्ने असर न्युन हुनेछ ।
अहिले दैनिक संकलन भएको फोहोरलाई स्टेसनको एक साइटमा राखेर ढुवानी गरिँदैछ ।














