कोरियामा मौसमी कामदार पठाउन लागेका ३० पालिकामाथि रोक

केन्द्रभाग मिडिया

संघीय मामिला मन्त्रालयले कोरियामा मौसमी कामदार पठाउन ठिक्क परेका ३० पालिकामाथि रोक लगाएको छ । वैदेशिक रोजगारीका लागि पालिकाले देक्षिण कोरियासँग भगिनी सम्बन्ध गर्नु कानुनी र व्यवस्थापकीय दृष्टिकोणबाट उचित नभएको भन्दै मन्त्रालयले रोक लगाएको हो ।

मन्त्रालयको अनुसार करिब ३० पालिकाले बिचौलियाको सहयोग लिई कृषि क्षेत्रमा कामदार पठाउन दक्षिण कोरियाका विभिन्न स्थानीय तहसँग भगिनी सम्बन्ध राख्ने प्रक्रिया अगाडि बढाएका थिए ।

मन्त्रालयले वैदेशिक रोजगारीमा श्रमिक पठाउने अधिकार स्थानीय तहलाई नभएको जनाएको छ । ‘वैदेशिक रोजगारीमा नेपाली नागरिकलाई पठाउँदा श्रम मन्त्रालयले हरेक देशका लागि छुट्टाछुट्टै लागत र सेवा शुल्कको नीति लिएको र सकभर रोजगारदाताकै तर्फबाट आतेजाते हवाईजहाज, निःशुल्क प्रवेशाज्ञालगायतका विषय सुनिश्चित भएपछि मात्र श्रम स्वीकृति प्रदान गर्ने गरिएको छ ।

मन्त्रालयले रोजगार अनुमति प्रणालीअनुसार नै नेपालीले कृषि क्षेत्रमा रोजगारीको अवसर पाइरहेको जनाएको छ ।

  • २६ असार २०७९, आईतवार १०:३१ प्रकाशित