पोखरा ।
पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जनवरीदेखि संचालनको तयारीमा छ । विमानस्थल संचालन आउने खवरले पोखरेली उत्साहित छन् । तर यही विमानस्थल सगै पोखराको प्रमुख आकर्षक पर्यटकिय गन्तब्य प्याराग्लाईडिङ भने बन्द हुने अवस्थामा पुगेको छ ।
हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थ संचालनमा आए पछि प्याराग्लाइडिङलाई संचालन गर्न नसकिने जानकारी गराईसकेको व्यवसायी बताउछन् ।
२२ वर्ष देखि पोखरामा संचालनमा रहेको प्याराग्लाईडिङ अहिलेकै अवस्थामा संचालन गर्न नसकिने क्यानको अडानलाई भने व्यवसायीले स्विकार गर्न सकेका छ्रैनन् ।
व्यवसायीले भने पोखराको आकाशमा २२ वर्ष देखि भईरहेको प्याराग्लाइडिङ उडानलाई अन्यत्र सार्दा पर्यटन क्षेत्रमै पोखराले नराम्रो धक्का पुग्ने बताउछन् ।
ठुलो जनशक्ति बेरोजगार हुने, लगानी खेर जाने र समग्रमा पर्यटनमै नोक्सान हुने भएकोले सकेसम्म अहिलेकै आकाशमा उडान गर्न पाउनुपर्ने बताईरहेका छन । समय तोकेरै उडान गर्न दिन पनि व्यवसायीको आग्रह छ । अहिले दिनभरजसो उडान भईरहेकोमा अब समय तोकेर उडान गर्न दिन व्यवसायी र पाइलटको माग छ । प्याराग्लाईडिङ पाइलट क्लवका अध्यक्ष विमल पहारीले विमानस्थल संचालनसँगै प्याराग्लाइडिङलाई बिस्थापित गर्न नहुने बताउछन् । बरु अनुशासनमा बसेर उडान गर्न आफुहरु तयार रहेको पहारी बताउँछन ।
पोखराको यो विमानस्थल पूर्ण क्षमतामा संचालनमा नआउने भएकाले पनि तत्कालै प्याराग्लाईडिङ विस्थापित गर्ने निर्णय जाहेन नहुने व्यवसायी बताउछन् । दैनिक २ घण्टा भए पनि उडान भर्न पाउनुपर्ने उनिहरुको माग छ ।
दैनिक निश्चित समय अनुमति दिने हो भने पोखराको पर्यटन क्षेत्रजोगिने व्यवसायीको भनाई छ । नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले व्यवसायी मात्र प्रभावित नभएर नेपालको पर्यटननै यसले गम्भिर असर पार्ने बताए । पोखरामा पर्यटक नआउने हो भने जहाज कसरी चल्छ भण्डारीको प्रश्न छ ।
यो व्यवसायमा करिब ३५० जना पाइलट छन । एक अर्ब भन्दा बढि लगानी प्याराग्लाईडिङमा भएको छ । पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडान विश्वमै उत्कृष्ट पाचँमा पर्छ । पोखराबाट बिस्थापित भएको खण्डमा पर्यटकको बसाई अवधि कम हुने, पर्यटक आगमनमै कमि आउने व्यवसायी र पोखराको पर्यटन क्षेत्रनै धरापमा पर्ने चिन्ता समेत छ ।
अहिले सराङकोटबाट प्याराग्लाइडिङ उडान हुन्छ र फेवाताल किनारमा अवतरण हुन्छ । पर्यटकिय गतिबिधि बन्द हुदाँ पोखराको विमानस्थल संचालनमा समेत प्रतिकुल असर पर्ने भएकाले प्याराग्लाईडिङ उडानलाई प्रतिबन्ध लगाउन नहुने पोखरेलीको माग छ ।
शनिबार सम्पन्न नेपाल हवाई खेलकुद संस्था (ना) को ९ औँ अधिवेशन तथा १९ औँ साधारण सभामा बोल्दै पोखरा महानगरका मेयर धनराज आचार्यले प्याराग्लाईडिङ बचाउन आफुले सम्बन्धिन निकायमा कुरा गरेको जानकारी दिए । उनले व्यवसायीले पनि गम्भिरताका साथ आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताए ।