२४ घण्टामा १०२ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ७२ र एन्टीजेन परीक्षण गर्दा ३० गरेर कुल १०२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १५ सय ३९ जनाको पीसीआर र एक हजार ७६ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।

अहिले देशभर ६०५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्ला दिनमा संक्रमण बढ्दै गएको छ । मृत्युदर भने शून्य रहेको छ ।

  • २५ असार २०७९, शनिबार १७:३४ प्रकाशित