रौतहट ।
स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
रौतहट स्थित सशस्त्र प्रहरीको टोलीले जिल्लाको दक्षिणी भेग इशनाथ नगरपालिका ६ रामनगरबाट मुम्बई महाराष्ट्र बस्ने मोहम्मद साहिदलाई स्रोत नखुलेको १० लाख रुपैयाँ पक्राउ गरेको बताएको छ।
बिहीबार साँझ रामनगरबाट जयनगर जाँदै गरेको बीआर ०५ यु ५१६५ नम्बरको मोटरसाइकललाई शंका लागी जाँच गर्दा शाहिदको साथबाट नेपाली रुपैयाँ बरामद गरिएको प्रहरीले बताएको छ ।
पक्राउ परेका मोहम्मद शाहिदविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।














