भाषण दिने क्रममा जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

केन्द्रभाग मिडिया

जापान ।

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबे माथि गोली प्रहार भएको छ ।

पश्चिमी जापानको नारा सहरमा भाषण दिने क्रममा आबे माथि गोली प्रहार भएको बताइएको छ । भाषणको क्रममा आबे ढलेपछि अस्पताल लगिएको छ । रोयटर्सका अनुसार उनको शरीरबाट रगत बगिरहेको थियो ।

आबे ढल्नुअघि बन्दुक पड्केको जस्तो आवाज सुनिएको र एक संदिग्ध पुरुषलाई पक्राउ गरेको एनएचकेले जनाएको छ ।

एनएचकेका सम्वाददाताका अनुसार आबेको भाषणका दौरान दुईपटक केही पड्केको आवाज सुनिएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

  • २४ असार २०७९, शुक्रबार ०९:३९ प्रकाशित