प्रचण्डले प्रस्ताव गरेको नाममा विवाद : वैठक स्थगित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको पोलिटब्यूरो सदस्यहरुको नाममा विवाद भएपछि केन्द्रीय समिति बैठक स्थगित भएको हो ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले १२५ सदस्यीय पोलिटव्यूरो प्रस्ताव बनाउने प्रस्ताव गरेका थिए ।

त्यसपछि प्रचण्डले नामहरु पढेर सुनाए । जसमा केही नाम छुटे । प्रचण्डले फेरि अर्को लिस्ट पढेर सुनाए त्यसमा केही नाम दोहोरिए । प्रचण्डले नाम लिस्ट पढेर सुनाएपछि भने बैठकमा बसेका नेताहरुले के मापदण्डका आधारमा नाम प्रस्ताव गरेको भन्दै विरोध गरेका छन् ।

  • २३ असार २०७९, बिहीबार १६:२६ प्रकाशित