जनार्दन शर्माको स्पष्टि : ‘बजेटमा विपक्षीले आलोचना गरेजस्तो कुनै गल्ती भएको छैन’

केन्द्रभाग मिडिया

काठमाडौं ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेटमा त्यस्तो कुनै गल्ती नभएको स्पष्टोक्ति दिएका छन् । अध्यक्ष प्रचण्डको म्यान्डेट लिएर जनताका कुरा समेटेर बजेट ल्याइएको भन्दै विपक्षीले आलोचना गरेजस्तो कुनै गल्ती नभएको स्पष्ट पारेका हुन् ।

बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै शर्माले भने,‘ ‘उत्पादनसँग सम्बन्धित विषयलाई अध्यक्षको म्यान्डेट लिएर बजेट बनाइएको हो, महिला, दलित लगायतसँग अन्तरक्रिया र संकलन गरेर बनाइएको छ । स्रोत र सीमालाई पनि हेरियोएको छ । विपक्षीले आलोचना गरेजस्तो कुुनै गल्ती भएको छैन।’

  • २३ असार २०७९, बिहीबार १५:१९ प्रकाशित