बाजुरामा भइरहेको मतदानमा चल्यो गोली

केन्द्रभाग मिडिया

बाजुरा ।

विवादको कारण निर्वाचन स्थगित भएको बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आज जारी मतदानमा पनि फेरि विवाद भएको छ । विवाद भएपछि प्रहरीले गोली नै चलाएको छ ।

सुदूरपश्चिम प्रदेशका डीआईजी मोहनकुमार आचार्यका अनुसार त्रिशक्ति मावि मतदान केन्द्रमा दुई पक्षका एजेन्टबीच झगडा भएको थियो । विवाद बढेपछि प्रहरीले हवाई फायर गरेको हो । अहिले स्थिति नियन्त्रणमा आइसकेको बताइएको छ ।

आजको निर्वाचनमा बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ । यसअघि वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको थियो ।

  • २३ असार २०७९, बिहीबार १४:३८ प्रकाशित