पोखरा–सिक्लेस सडक दुइ हप्तापछि खुल्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज(बिहीबार)देखी पोखरा सिक्लेस सडक सञ्चालनमा आएको छ ।

असार पहिलो साताको पहिरो खस्दा अवरुद्ध भएको पोखरा–सिक्लेस सडक आजदेखि पुनस् सञ्चालनमा आएको हो । आधा दर्जन भन्दा बढी पहिरो खस्दा २ हप्तादेखि सडक अवरुद्ध थियो ।

मादी गाउँपालिका-७, ६ चिप्ली र तप्राङको बीचमा र मादी-१ को पुदू खोलाको वारि, पारि दुवै भागमा पहिरोले सडक भत्काएको थियो । एक्साभेटरले पहिरो पन्छाउनमात्रै ५ दिनभन्दा बढी लागेको मादी गाउँपालिका-१ का वडाध्यक्ष देवीजङ गुरुङले जानकारी दिए ।

पहिराले मुख्य सडक क्षति पुर्‍याउँदा पोखरा–सिक्लेस सीधा सम्पर्क टुटेको थियो ।

  • २३ असार २०७९, बिहीबार १४:०४ प्रकाशित