पोखरा।
यूरोको भाउ ओरालो लाग्दै गएको छ ।
नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि तय गरेको विदेशी मुद्रादरअनुसार यूरोको भाउ अस्ति भन्दा हिजो र हिजो भन्दा आज झनै घटेको छ । आज यूरो एकको खरिददर १२९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १२९ रुपैयाँ ९९ पैसा रहेको छ ।
हिजो युरो एकको खरिददर १३० रुपैयाँ ४५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ०७ पैसा रहेको थियो भने अस्ति युरो एकको खरिद दर १३१ रुपैयाँ ७० पैसा र बिक्री दर १३२ रुपैयाँ ३३ पैसा रहेको थियो।
यस्तै आज एक डलरको खरिददर १२६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२७ रुपैयाँ १९ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ १९ पैसा र बिक्री दर १५१ रुपैयाँ ९० पैसा रहेको छ। भने एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ १३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५४ पैसा रहेको छ ।
यस्तै सिंगापुर डलरको खरिददर ९० रुपैयाँ २० पैसा र बिक्रीदर ९० रुपैयाँ ६३ पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९७ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८८ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६४ पैसा र बिक्री दर ३४ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।मलेसिया रिंगिटको १ को खरिददर २८ रुपैयाँ ६१ पैसा र बिक्रीदर २८ रुपैयाँ ७५ पैसा रहेको छ ।