माओवादी केन्द्रीय कमिटी बैठक : आज टुंगो लाग्ला त पदाधिकारी ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

हिजो बस्ने भनिए पनि स्थगित भएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज भने बस्दैछ । बैठक आज विहान ११ बजे कमलादी स्थित प्रज्ञा भवनमा बस्नेछ ।

आजको बैठकले पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने तयारी छ । मंगलबार र बुधबार पूर्व स्थायी कमिटी र इञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाइ दिएको थियो ।

अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने तयारी छ ।

  • २३ असार २०७९, बिहीबार ०९:५९ प्रकाशित