फेरि बढ्यो हवाई भाडा, काठमाडौं-पोखराको झण्डै ७ हजार (भाडादरको सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

हवाई इन्धनको मूल्य बढेसँगै पुन : हवाई भाडा वृद्धि भएको छ ।

नेपाल वायुसेवा सञ्चालक संघले बिहीबारदेखि लागू हुनेगरी आन्तरिक उडानमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्मले वृद्धि गरेको हो । पछिल्लो पटक नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलसँगै हवाई इन्धनको समेत प्रतिलिटर ५ रुपैयाँले मूल्यवृद्धि गरेसँगै भाडादरमा वृद्धि भएको हो ।

योसँगै काठमाडौं( पोखराको भाडा ६ हजार ९८५ रुपैयाँ पुगेको छ । यस्तै काठमाडौ सिमरा हवाई भाडा १७ हजार २५ रुपैयाँ पुगेको छ । यस्तै आन्तरिक उडान तर्फ सबै भन्दा कम ४५ रुपैयाँले बढ्दै काठमाडौं-सिमराको भाडा ४ हजार २०४ पुगेको छ ।

  • २२ असार २०७९, बुधबार १६:३९ प्रकाशित