फैलिदै हैजा : भक्तपुर र हेटौंडामा पनि देखियो 

केन्द्रभाग मिडिया

काठमाडौं ।

हैजा संक्रमण विस्तारै फैलिन थालेको छ ।

पछिल्लो पटक भक्तपुर र हेटौंडामा पनि संक्रमण देखिएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर(४ दुवाकोट र हेटौंडा नगरपालिकामा हैजाका संक्रमित भेटिएका हुन । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उक्त दुई संक्रमितको अस्पतालमा उपचार भइरहेको छ ।

दुवाकोटका संक्रमितको टेकु र हेटौंडाको विरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ । यो सँगै हैजाका संक्रमित संख्या २१ पुगेको छ ।

काठमाडौं उपत्यकामा हालसम्म बागबजार र कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु ९बोहोराटार०, बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार) , किर्तिपुर, कागेश्वरी मनहरा, टेकु, र ग्वार्कोमा हैजाका संक्रमित भेटिएका छन् ।

  • २२ असार २०७९, बुधबार १५:०४ प्रकाशित