पोखरा ।
नेपाल चार्टड एकाउन्टेन्टसको नयाँ कार्यसमिति चयन भएको छ । चार्टड एकाउन्टेन्टसको छाता संगठन नेपाल चार्टड एकाउन्टेन्ट्स संघको ३४ औं कार्यसमितिको निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको हो ।
शनिबार असार ११ गते भएको निर्वाचनमा गण्डकी प्रदेश प्रमुखमा सिए सागर लामिछाने चयन भएका छन् । सिए विवेक श्रेष्ठको सभापतित्वमा ९ सदस्यीय कास्की जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ ।
कास्की जिल्ला उपसभापतिमा सिए दीपक भुर्तेल सचिवमा सिए सागर आचार्य, कोषाध्यक्षमा सिए पुरोचन उदास र सदस्यमा सिए सबिना महर्जन, सिए विक्रम पराजुली, सिए सुजन कार्की, सिए उभेक कुमार श्रेष्ठ र सिए विवेक कुमार श्रेष्ठ चयन भएका छन् । समितिको सल्लाहकारमा सिए बिमल लम्साल, सिए अर्जुन गोशेली र सिए अमित थापा चयन भएका छन् ।

नव निर्वाचित पदाधिकारी तथा सदस्यको असार १५ गते बुधबार म्यारिट होटल काठमाडौं नागपोखरीमा नेपाल राष्ट्र बैंकका गर्भनर श्री महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
सिए गोपाल प्रसाद श्रेष्ठले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए ।कास्की बाहेकका ९ वटा जिल्लामा कार्यसमिति र गण्डकी प्रदेश बाहेक ७ वटा प्रदेश कार्यसमिति गठन भएको छ ।
नव निर्वाचित कार्यसमितिले लेखा व्यवसाय र समग्र अर्थतन्त्रमा सिएहरुको बढ्दो भुमिकालाई उजागर गर्न तर्फ अहम् भुमिकालाई उजागर गर्नतर्फ लाग्ने बताएको छ ।














