अर्थमन्त्रीलाई बर्खास्त गर्नुपर्छ : कांग्रेस उपसभापति गुरुङ

केन्द्रभाग मिडिया

काठमाडौँ ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिए बर्खास्त गर्नुपर्ने बताएका छन्। सामाजिक संजालमा स्टाटस लेख्दै गुरुङले विवादमा आएका अर्थमन्त्रीले राजीनामा दिनु राम्रो हुने बताए ।

उनले विवादमा तानिएका अर्थमन्त्रीले विवाद समाधानमा सहयोगका लागि राजीनामा दिनुपर्ने, राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनको भनाइ छ। साथै, उनले छानबिन समिति गठन गर्न पनि माग गरेका छन्।

सार्वजनिक पदधारण गर्ने व्यक्ति विवादमा तानिएपछि सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने र जनताले हेर्न पाउनुपर्ने उनले बताएका छन्।

ुगैरसंवैधानिक कार्य गर्नेहरूका लागि सीसी क्यामरामार्फत् निगरानी गरिन्छ। सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिएपछि सीसी फुटेज सार्वजनिक गर्नुपर्छ। जनताले हेर्न पाउनुपर्छु, गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ुविवाद समाधानका लागि छानबिन समिति गठन, छानबिन समितिलाई सहयोगका लागि राजीनामा वा बर्खास्त ।

यसअघि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले पनि अर्थमन्त्रीको छानबिन र बर्खास्ती गर्नुपर्ने तर्क राखेका थिए ।

  • २२ असार २०७९, बुधबार १०:५४ प्रकाशित