हिन्दु देवताको फोटो भएको पत्रिकामा राखेर मासु बेचेको भन्दै एकजना पक्राउ

केन्द्रभाग मिडिया

सांकेतिक तस्वीर

काठमाडौं ।

भारतमा हिन्दु देवताको फोटो भएको पत्रिकामा मासु बेचेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

भारतको उत्तर प्रदेशको सम्भल जिल्लाका तालिब हुसेन नामका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । उनले भगवानको फोटो भएको पत्रिकामा बेरेर मासु बेचेको आरोप लागेको छ ।उनी महक रेस्टुरेन्टका सन्चालक रहेको बताइएको छ ।

सम्भल प्रहरीका एक जना अधिकृत जितेन्द्र कुमारको अनुसार महक रेष्टुरेन्टका मालिक ५८ वर्षीय तालिब हुसेनले हिन्दु देवीदेवताका फोटो भएको पत्रिकामा राखेर मासु बेचिरहेको पाइएको र त्यहाँ हिन्दु धर्म मान्नेहरुको भावनामा चोट पुगेको बताइएको छ ।

प्रहरी हुसेनको रेष्टुरेन्टमा पुगेपछि त्यहाँ मानिसहरुको ठूलो भिड जम्मा भएको र दुई धार्मिक समुदायबीच झगडा हुने सम्भावना रहेको बताइएको छ। तालिब हुसेनलाई पक्राउ गरेर आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएका छन् ।

  • २२ असार २०७९, बुधबार ०९:५३ प्रकाशित