काठमाडौं ।
रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । भने २४ जना घाईते भएका छन् ।
रामेछापको सुनापति गाउँपालिका- २ हिलेदेविबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको यात्रुबाहक बस लुभुघाट नजिकै दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । मृतकहरुको पहिचान भने खुलेको छैन । बस सडकबाट ४३ मिटर तल खसेको थियो ।
बसमा करिब ३० जना यात्रुलाई सवार थिए ।














