काठमाडौं ।
नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठक अचानक स्थगित भएको छ ।
आज ११ बजे बस्ने भनेको बैठक स्थगित गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।प्रवक्ता महराका अनुसार आज स्थगित भएको बैठक बुधबार १ गते बस्नेछ ।
आजको बैठकमा अध्यक्ष प्रचण्डले जवाफ दिने र समापन गर्ने तय भएको थियो । यो कार्यसूची अब बुधबारका लागि सरेको छ ।बैठक के कारणले स्थगित भएको भन्ने खुलाइएको छैन ।














