पहिरोले बागलुङ– घोडाबाँधे सडक अवरुद्ध

केन्द्रभाग मिडिया

फाइल तस्बिर

बागलुङ ।

मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाँधे सडक खण्ड अवरुद्ध भएको छ ।

वर्षासँगै खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सो सडकखण्ड अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै रोकिएका छन् भने यात्रुले सास्ती भोगेका छन् । पहिरोसँगै ठूला–ठूला रूख सडकमा खसेकाले सडक खुलाउन कठिन भइरहेको जनाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले जनाएको छ । आज बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

सो सडक अवरुद्ध हुँदा जिल्लाको पश्चिम क्षेत्रका सातवटा स्थानीय तहमा सडक सम्पर्क टुटेको छ भने लोकमार्गको बाटो भएर रुकुम, रोल्पालगायतका जिल्लाका लागि हिँडेका सवारी बाटोमै अलपत्र परेको छ ।

त्यस्तै जिल्लाको दक्षिण जोड्ने बागलुङ कुश्मीशेरा सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ। बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो ।

  • २१ असार २०७९, मंगलवार ०९:३२ प्रकाशित