माधव नेपालको ब्रिफिङ,‘माओवादीबाट एकताको प्रस्ताव आउनु सकारात्मक’

केन्द्रभाग मिडिया

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताको प्रस्ताव आउनु सकारात्मक रहेको बताएका छन् ।

सोमबार झण्डै ६ घण्टा बसेको सो पार्टीको सचिवालय बैठकमा तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूबीचको बैठकमा पार्टी एकताबारे आएको प्रस्तावबारे नेपालले ब्रिफिङ गर्दै सकारात्मक रहेको बताएका हुन् ।

सचिवालय सदस्य प्रकाश ज्वालाले अध्यक्ष नेपालले बैठकमा गरेको ब्रिफिङलाई उद्धृत गर्दै भनेका छन्, ‘पार्टी एकताको प्रस्ताव सकारात्मक हो । तर यसमा अहिले नै निर्णयमा पुग्न सकिँदैन, पार्टीभित्र पनि छलफल गर्नुपर्छ ।’

आइतबार तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो । उक्त छलफलमा नेता गौतमले माओवादी र समाजवादीबीच चुनाव अघि नै एकता गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए ।

  • २० असार २०७९, सोमबार १६:३८ प्रकाशित