संसारमै नभएको भ्रष्टाचार र अराजकता अर्थमन्त्रीले मच्चाए : ओली

केन्द्रभाग मिडिया

संसदमा प्रमुख विपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसारमै नभएको भ्रष्टाचार र अराजकता अर्थमन्त्री जर्नादन शर्माले मच्चाएको आरोप लगाएका छन् । आज सोमबार संसदमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले अर्थमन्त्री माथि संसदीय छानबिन गर्न माग गरेका छन् । अर्थमन्त्रालयमा अनधिकृत मान्छे राखेर बनाइएको बजेटमा दुई-चारजना व्यापारिक घरानाको अनुहार झल्किएको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग छानबिनको माग गरेका हुन् ।

ओलीले अनधिकृत व्यक्ति पसेर कर र राजश्वका दर हेरफेर गरेको सन्दर्भमा प्रश्न उठाउनेमाथि अर्थमन्त्रीले ‘को हुन् तिनीहरू’ ? भनेर धम्क्याएको बताए । उनले को हुन् भनेर थर्काउने बेलासम्म भएको सीसीटिभी फुटेज अहिले आएर डिलिट भएको भन्दै गृहमन्त्रीको समेत ध्यानाकर्षण गराए ।

ओलीले भने, ‘प्रश्न सोध्नेलाई को हुन् तिनीहरू भनेर धम्क्याउने रु प्रमुख विपक्षीलाई एमाले को हो र सीसीटीभी फुटेज देखाउने ? भनियो । त्यतिन्जेलसम्म रहेको सीसीटीभी फुटेज अहिले कसरी डिलिट भयो ? सीसीटीभी फुटेज मकै पोल्नेले मात्र मान्नुपर्ने हो ? अर्थमन्त्री र मन्त्रालयले मान्नु पर्दैन रु यसको छानबिन गरेर प्रतिवेदनसहित प्रधानमन्त्रीजी आउनुहोला ।’

दुई(चारवटा व्यापारिक घरानाले बजेट बनाएको भन्दै ओलीले प्रधानमन्त्री गठबन्धन जोगाउनेबाहेक अरु सबै कर्तव्यप्रति लाचार बनेको आरोपसमेत लगाए । गल्ती नगरेको भए फुटेज देखाइने भन्दै ओलीले संसारमै नभएको भ्रष्टाचार र अराजकता अर्थमन्त्रीले मच्चाएको बताए ।

ओलीले यस विषयमा संसदीय छानबिन समिति बनाइनुपर्ने बताए । समितिको रिपोर्टका आधारमा कारबाही हुनुपर्ने उनको जोड छ ।

  • २० असार २०७९, सोमबार १६:१५ प्रकाशित