विनोद शाही हत्या प्रकरण : स्थानीय पुन आन्दोलित, प्रहरीद्वारा हवाई फायर

केन्द्रभाग मिडिया

कैलाली ।

अछाम पञ्चदेवल विनायक नगरपालिका–४ का स्थानीय विनोद शाहीको घटनाका विषय लिएर स्थानीय पुन आन्दोलित भएका छन् । अभियुक्तलाई बचाउन खोजिएको भन्दै पुन आन्दोलनमा उत्रेका स्थानीय र प्रहरीबीच आज झडप भएको छ ।

घटनाका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको स्थानीयको आरोप छ ।यसै बिच सरकारी वकिलको कार्यालय र अदालत घेराउ गर्न खोज्दा झडप भएको हो । प्रहरीले झडपमा २४ राउन्ड अश्रुग्याँस र ३ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

झडपमा प्रहरी तर्फ एक दर्जन बढी घाइते भएका छन् भने स्थानीय पनि घाइते भएका छन् । शाहीको हत्या संलग्न रहेको आरोपमा पञ्चदेवल विनायक नगरपालिका मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परिसकेका छन् ।

जेठ २१ गते बिहान करिब १० बजे अछाममा मृत फेला परेका स्थानीय शाहीको घटनामा संलग्न रहेको उजुरी परेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

नगरप्रमुख चलाउने सहित १३ जनाविरुद्ध आफन्तले जाहेरी दर्ता गरेका थिए ।

  • २० असार २०७९, सोमबार १५:५४ प्रकाशित