काठमाडौं ।
नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाणसँग शिष्टाचार भेटघाट गरेका छन् ।
गृहमन्त्रालयमा आज बिहान भएको भेटमा दुई देशबीच आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउने बारे कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
मन्त्री खाणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुरुप कृषि रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरणका गरिदिन आग्रह समेत गरे । राजदूत श्रीमावस्तवले पहल गर्ने आश्वासन दिएका छन् ।














