संसदमा बोल्दै ओलीले भने ,‘ इनफ इज इनफ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली आज संसदमा उभिएर सरकारले अति गरेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै उनले सरकारले अति भन्दा नि बढी गरेकाले आफू संसदमा उभिएर बोल्न बाध्य भएको बताए । सरकार सञ्चालनका क्रममा मुलुकमा अति भएको उनको भनाइ थियो । उनले मुलुकको अर्थतन्त्र, परराष्ट्र सम्बन्ध लगायतका विषयमा अति भएको बताएका हुन् ।

आफू सरकारमा हुँदा तत्कालीन प्रतिपक्षी कांग्रेसका एक सांसदले भनेको कुरा स्मरण गर्दै ओलीले अहिले चाहिँ अति भएको बताएका हुन् । ‘इनफ भन्दा बढी नै भइसकेपछि मैले यहाँ बोल्न उभिनुपर्‍यो ।‘इनफ इज इनफ’ अब चाहिँ अति नै भयो, उनले भने ।

  • २० असार २०७९, सोमबार १४:०३ प्रकाशित