फिल्म सम्पादक किरण अधिकारीको निधन

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली फिल्मका ब्यस्त सम्पादक किरण अधिकारीको निधन भएको छ । हृदयघातका कारण उनको आइतबार निधन भएको हो ।
कोइरालका अनुसार उनलाई हृदयघात भएपनि अस्पताल लगिएको थियो ।

अस्पताल पुर्याउदै गर्दा उनको निधन भएको हो । उनले पछिल्लो समय दाई राजु अधिकारीसँग मिलेर करुणा फिल्मस् संचालन गर्दै आएका थिए ।

बिचबाटो’, ‘मेरो राजेश दाई’ ‘मधेस पुत्र’ लगायत थुप्रै फिल्म, म्युजिक भिडियो, डकुमेन्ट्री तथा विज्ञापन चलचित्र उनले सम्पादन गरेका छन् ।

  • २० असार २०७९, सोमबार १३:३३ प्रकाशित