श्रीलंकामा १ दिनलाई मात्र पुग्ने इन्धन बाँकी

केन्द्रभाग मिडिया

एजेन्सी

श्रीलंकामा आर्थिक संकट गरिहरिदै गएको छ । चरम संकट निम्तिएसँगै श्रीलंकामा अब एक दिनलाई मात्र पुग्ने इन्धन बाँकी रहेको बताइएको छ । तेल अभावले सार्वजनिक यातायात ठप्प छ । राजधानीमा पेट्रोल र डिजेल भर्ने सवारी साधनको लामो लाइन छ ।

यद्यपि, अधिकांश पम्पिङ स्टेसन केही दिनदेखि इन्धनविहीन छन् । ऊर्जामन्त्री कञ्चना विजेसेखेराले मुलुकमा करिब ४ हजार टन पेट्रोलको भण्डार रहेको र त्यो एक दिनको खपतभन्दा केही कमी भएको बताए ।

अर्को पेट्रोल ढुवानी २२ र २३ जुलाईको बीचमा हुने उनले अपेक्षा गरेका छन् । टाट पल्टिएको श्रीलंकाले आपतकालीन अवस्थामा बाहेक सबै इन्धन बिक्रीमा दुई हप्ताको लागि रोक लगाएको थियो ।

  • २० असार २०७९, सोमबार ०९:२८ प्रकाशित