जसपाले बुझायो नयाँ मन्त्रीको नाम, आजै सपथ हुनसक्ने (मन्त्रीको नामसहित)

केन्द्रभाग मिडिया

नेकपा एकीकृत समाजवादी पार्टी पछि जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पनि मन्त्री हेरफेर गर्ने भएको छ । जसपाले ४ मन्त्रीलाई फिर्ता बोलाई नयाँलाई जिम्मेवारी दिने भएको हो ।

सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषी तथा पशुपन्छी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदीपकुमार यादव सिफारिस भएका छन्।

आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्रीहरूको नाम उपलब्ध गराएको जसपाका एक नेताले बताएका छन् । उनका अनुसार सम्भवतस् आजै सपथ हुनेछ । समाचार स्रोत : न्यूज कारखाना

  • २० असार २०७९, सोमबार ०९:१० प्रकाशित