काठमाडौं ।
अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले यही शुक्रबार विवाह गर्दैछन्। विगत ४ वर्षदेखि एक अर्काको प्रेममा रहेका उनीहरुले यहि असार २४ गते विवाह गर्न लागेका हुन् । उनीहरुले विवाहको लागि निमन्त्रण पत्र वितरण गरिरहेको बताइएको छ।
सार्वजनिक भएको विवाहको कार्ड अनुसार उक्त मितिमा दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहान १० बजेदेखि वैवाहिक कार्यक्रम सुरु हुनेछ । बिहेमा आफन्त र परिवारलाई मात्र बोलाइएको छ ।