नेपालमा पहिलो पटक ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ भेटियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ भेटिएको छ । धुलिखेल अस्पतालले एक व्यक्तिमा गरेको अनुवांशिक (जिन सिक्वेन्सिङ) परीक्षणमा ओमिक्रानको उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको हो ।

अस्पतालका प्रयोगशाला तथा संक्रामक रोग अनुसन्धान प्रमुख प्रा.डा. राजीव श्रेष्ठले अन्य प्रयोगशालाबाट संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङ मार्फत हेर्दा ‘बीए फाइभ’ उपप्रजाति भेटिएको पुष्टि भएको बताएका छन्।

उनका अनुसार संक्रमित व्यक्तिको ‘हिस्ट्री’ भन्ने खुल्न सकेको छैन । अन्य प्रयोगशालाबाट संकलित नमुना भएका कारण थप जानकारी उपलब्ध नभएको अस्पतालले जनाएको छ । अहिले ओमिक्रोन भेरियन्टका दुई नयाँ उपप्रजातिका कारण कोरोनाभाइरस संक्रमण दर विश्वका केही देशमा पुन संक्रमणदर बढिरहेको छ ।

दक्षिण अफ्रिकामा उत्पत्ति भएको बीए फोर र बीए फाइभ उपप्रजातिहरूले युरोप र अमेरिका, जमनी लगायतका देशमा बढी संक्रमण फैलाइरहेको छ ।

  • १९ असार २०७९, आईतवार १४:०३ प्रकाशित