गठबन्धनको बैठक बस्दै  : वागमती र सुदूरपश्चिमका मुख्यमन्त्री फेर्नेबारे छलफल हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक बस्ने भएको छ । बैठक आज दिउँसो बस्न लागेको हो ।बैठक दिउँसो बस्ने भनिए पनि समय भने तय भएको छैन ।

बैठकमा वागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा छलफल हुने जनाइएको छ । निर्वाचनको मिति घोषणापूर्व नै वागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गठबन्धनको छ ।

वागमतीमा अहिले एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे र सुदूरपश्चिममा माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री छन् । वागमती प्रदेशको मुख्यमन्त्री कांग्रेसले र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले दाबी गरेका छन् । पाण्डेविरुद्ध कांग्रेस र माओवादी सांसदले हस्ताक्षर अभियानसमेत थालेका छन् ।

उनीहरूलाई हटाएर नयाँ मुख्यमन्त्री बनाउने विषयमा छलफल गर्न शुक्रबार गठबन्धनको बैठक बस्न लागेको हो ।

  • १७ असार २०७९, शुक्रबार १३:५८ प्रकाशित