कांग्रेसको निष्कर्ष : एक्लै चुनाव लड्दा पनि कमजोर देखिएनौँ (पूर्णपाठ)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसले एक्लै चुनाव लड्दा पनि कमजोर नदेखिएको निष्कर्ष निकालेको छ ।

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन परिचालन समितिद्वारा आज सार्वजनिक गरिएको प्रतिवेदनमा कांग्रेसले उम्मेदवारी दिएकामध्ये ५२ प्रतिशतमा निर्वाचन जितेको उल्लेख छ ।

गठबन्धनका कारण १२१ सिटमा मेयररअध्यक्ष छाडेर ६३२ तहमा मात्रै उम्मेदवार उठाउँदा १८८ अध्यक्ष र १४१ मेयरसहित ३२९ ठाउँमा जित निकालेको तथ्यांकमा उल्लेख छ ।

यस्तै २१९ ठाउँमा उपमेयररउपाध्यक्ष छाडेर ५३४ ठाउँमा मात्रै उम्मेदवारी दिँदा १९० उपाध्यक्ष र ११० उपमेयर गरी ३०० पद जितेको छ ।

प्रतिवेदनमा गठबन्धनका आधारमा मेयररअध्यक्ष लडेका २०९ मध्ये १२८ स्थानमा जित निस्किएको जनाइएको छ । यस्तै उपमेयररउपाध्यक्ष पदमा गठबन्धनको सहायतामा लडेको ११५ सिटमध्ये ८५ स्थानमा जितेको कांग्रेसले जनाएको छ ।

यस्तै गठबन्धनबिना मेयर तथा अध्यक्ष पदमा उम्मेदवारी दिएका ४२३ तहमध्ये २०१ मा जितेको प्रतिवेदनमा उल्लेख छ । यस्तै उपमेयर/उपाध्यक्ष पदमा उम्मेदवारी दिएका ४१९ तहमध्ये ५२ प्रतिशतमा जित निस्किएको छ ।

पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

  • १६ असार २०७९, बिहीबार १५:३४ प्रकाशित