बुटवल ।
बुटवलमा जंगली च्याउ खादाँ ६ जना सिकिस्त परेका छन् ।
बुटवल उपमहानगरपालिका १२ नयाँ गाँउकी २८ वर्षीया रिना बिक, २८ वर्षकै कमला बिक, ८ वर्षीया सुप्रिया बिक, ३८ वर्षीय बिष्णु बिक, ३३ वर्षीया दुर्गा बिक र ५० वर्षीय हुमबहादुर बिक सिकिस्त भएका हुन् ।
बिरामीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आईसीयूमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।बुधबार जङ्गलबाट ल्याएको च्याउ खाएपछि उनीहरू बिरामी परेको प्रहरीले जनाएको छ ।