डलरको भाउ आकासियो : आज कति पुग्यो यूरो, पाउण्ड, रियाल लगायतको भाउ (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

डलरको भाउ हालसम्मकै उच्च भएको छ ।

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि तोकेको डलरको बिक्री दर अनुसार एक डलरको खरिददर १२६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६५ पैसा रहेको छ ।

युरो एकको खरिद दर १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २५ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ४७ पैसा र बिक्री दर १५४ रुपैयाँ २० पैसा रहेको छ। भने एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ८७ रुपैयाँ १२ पैसा रहेको छ ।

यस्तै सिंगापुर डलरको खरिददर ९० रुपैयाँ ७५ पैसा र बिक्रीदर ९१ रुपैयाँ १८ पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७५ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ३६ पैसा र बिक्री दर ३४ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

  • १६ असार २०७९, बिहीबार १०:२२ प्रकाशित