काँग्रेस विवाद सतहमा आउने सङ्केत : शेखर समूहले बोलायो बैठक

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली काँग्रेसका नेता शेखर कोइरालाको समूहले छुट्टै बैठक बोलाएको छ ।

शेखर समहुले बैठक बोलाएसँगै काँग्रेसभित्रको मतभेद सतहमा आउने सङ्केत देखिएको छ । सभापति शेरबहादुर देउवा विधान र सहमति–सहकार्य विपरीत हिँडेको भन्दै शेखर कोइराला समूह सङ्घर्षमा उत्रिने तयारीमा छ ।

विधानको कार्यान्वयन र भ्रातृ संस्थाको नेतृत्व एकलौटी चयनका विषयमा शेखर समूहले आन्तरिक छलफल गर्न लागेको हो । बिहीबार शेखर कोइरालाको सचिवालयमा उक्त समूहको बैठक बस्न लागेको हो ।

पार्टीको केन्द्रीय समिति र बाहिर रहेका प्रभावशाली नेतालाई कोइरालाले छलफलका लागि बोलाएको बताइएको छ । पार्टीको विधि, नेतृत्वका बीचको समझदारी र आफ्नो समूहको अस्तित्व स्वीकार गर्ने लक्षण सभापति देउवाले नदेखाएपछि सोच्नुपर्ने ठाउँमा पुर्‍याएको कोइराला पक्षीय एक पदाधिकारीले बताए ।

  • १६ असार २०७९, बिहीबार ०८:४३ प्रकाशित