पोखरा महानगरले तोक्यो कृषि उपजको न्युनतम मुल्य (सूचिसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाले कृषि उपजको न्युनतम समर्थन मुल्य तोकेको छ । महानगरपालिकाका कार्बाहक मेयर मञ्जुदेवी गुरुङले पोखरा २५ हेमजामा आयोजित रोपाई महोत्सवमा न्युनतम समर्थन मुल्यसुचि आज सार्वजनिक गरेकी हुन् ।

महानगरले २३ वटा कृषि उपजको न्युनतम समर्थन मूल्य निर्धारण गरेको छ । पोखराको पहिचानका रुपमा रहेको जेठेबुढो धान,मकै,गहुँ, कोदो, फापर, कागुनो, तोरी, काउली, बन्दा, रायोसाग, गोलभेडा,सिमी, घिरौला, काको, करेला, आलु, अदुवा, खुर्सानी ,लसुन, प्याज, कार्पमाछा, मह र च्याउको मूल्य निर्धारण गरेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

  • १५ असार २०७९, बुधबार १६:१२ प्रकाशित