काठमाडौं ।
नेकपा एमालेका नेता घनश्याम भुसालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जवाफ दिएका छन् ।
प्रचण्डले एमालेमा माओवादीको बीउ छरेको र केही समय फल्ने भन्दै दिएको अभिव्यक्तिको जवाफ दिदै भुसालले माओवादीको बीउ नउम्रने दाबी गरेका छन् ।
वरिष्ठ वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले कुनै एउटा धारको बीउ अब नउम्रिने दाबी गरे ।उनले अब रैथाने बीउ नभई हाइब्रिड बीउको आवश्यक रहेको बताए ।
उनले भने, ‘कमरेड प्रचण्डले आज एमालेमा माओवादीको बीउ छरेर आएका छौं भन्नुभएछ । तर, उहाँले पनि ठीक ढंगले बुझ्न सक्नुभएन । अब एमालेको बीउ, माओवादीको बीउ, समाजवादीको बीउ चल्दैन, अब हाइब्रिड बीउ चाहिन्छ । अस्ति हामीले हाइब्रिड बनाएका थियौं त्यो भनेको नेकपा एउटा हाइब्रिड थियो । हाम्रो वुद्धि पुगेन भकारीमा आगो लगायौं । फेरि पनि हामी नेकपाको हाइब्रिड बीउ बनाउँछौँ ।’














