विप्लवको पार्टी छाडेका ओमप्रकाशसहित ५२ जना माओवादी प्रवेश

केन्द्रभाग मिडिया

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका ५२ जना नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र)प्रवेश गरेका छन् ।

आज माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश गर्नेमा विप्लवको पार्टी त्यागेका पुनसहित लक्षमण बहादुर खड्का, भुवन कुँवर, राम भट्ट, टेकराज भट्ट, इन्द्र मडेइ, ममता कुँवर, गोमा वली, गोविन्द साउत, पदम सिंह, टिकाराम राना, भुपेस पुन, सन्दिप विक, प्रथममणि राना, सन्दिप तामाङ, युवराज पराजुली, खेम प्रदान, दीपक राना मगर, विजय राई, सुक्र राई, रुपक श्रेष्ठ लगायत रहेका छन् ।

  • १५ असार २०७९, बुधबार ११:०० प्रकाशित