गण्डकी एमालेले भन्यो, अर्थमन्त्री हटाउन नसक्ने मुख्यमन्त्रीले अब आफै राजीनामा दिनुपर्छ

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमाले संसदीय दलले गण्डकी सरकारको राजीनामा मागेको छ । नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलले आज पत्रकार सम्मेलन गरेर प्रदेश सरकारको राजीनामा मागेको हो ।

बजेटमाथि छलफल गरान नसकेको भन्दै एमाले एमालेले राजीनामा मागेको हो । असार १ गते संसदमा बजेट पेश भए पनि सरकारले छलफलमा लगरेको छैन । बजेट माथि छलफल गरेर पारित गर्नुपर्नेमा यो गठबन्धन सरकार संसद रोकेर बजेट भागवण्डाको झगडामा अल्झिएको एमालेको ठहर छ ।

पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता पृथ्वी सुब्वा गुरुङले बजेटमा निकास दिन नसक्ने सरकारले राजीनामा दिनुपर्ने बताए ।

गठबन्धन दलबीचको विवादले बजेट छलफल रोक्न नमिल्ने बताउदै गुरुङले सरकार चलाउने विधि हुने बताए । उनले भने, ‘सरकारसँग अलिकति नैतिकता छ भने राजीनामा दिनुपर्छ । नीति तथा कार्यक्रम टेबुल गर्दा मन्त्री नै अनुपस्थित थिए । त्यसको कारण के हो ? सरकारले त्यही दिन मार्ग प्रशस्त गर्नुपर्थ्यो ।

‘मुख्यमन्त्रीले संसद् रोक्न मिल्दैन । दलको विवाद मुख्यमन्त्रीको समस्या हो, संसदको होइन,’ उनले भने, ‘कि मुख्यमन्त्रीले अर्थमन्त्री हटाउन सक्नुपर्छ । कि मुख्यमन्त्री आफैले राजीनामा दिनुपर्छ ।

सरकारले प्रदेश सभामा बजेट छलफल नगरेर अर्थ तथा विकास समितिमा गर्न लागेको गुरुङले आरोप लगाए । सत्ता गठबन्धनको झगडाका कारण बजेट अर्थ तथा गुरुङले तुरुन्त सदनमा बजेट माथिको छलफल सुरु गर्न माग गरे। प्रदेशमा असार १ गते बजेट पेश गरेपछि अहिलेसम्म संसद् स्थगित छ । अर्थमन्त्रीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा नराखेपछि सरकारले नै बजेट छलफल रोकेको हो । ५ दलिय गठबन्धन भित्र बजेटलाई लिएर आन्तरिक संघर्ष चर्केको छ । जसको असर बजेटमा परेको छ ।

  • १५ असार २०७९, बुधबार १०:५३ प्रकाशित