एजेन्सी ।
फ्लोरिडामा एक आठ वर्षीय बालकले चलाएको बन्दुकको गोली लागेर अर्का नाबालकको ज्यान गएको छ । आफ्नो बाबाको बन्दुक खेलाउने क्रममा गोली चल्दा नाबाललको ज्यान गएको छ भने अर्का एक बालिका घाइते भएकी छिन् ।
उक्त घटनापछि बालकका बाबु ४५ वर्षीय रोडरिक रान्डललाई गिरफ्तार गरिएको छ । उनमाथि लापरवाही गरेको र गैरकानूनी ढंगले बन्दुक राखेको तथा प्रमाण लुकाउने प्रयास गरेको आरोप लागेको छ ।
रोडरिक ८ वर्षीय छोरालाई लिएर प्रेमिकालाई होटलमा भेट्न गएको बेला घट्ना होटलमा भएको जनाइएको छ । उनकी प्रेमिकाले दुई वर्षीय जुम्ल्याहा र एक वर्षकी छोरी साथमा लगेर रोडरिकलाई भेट्न होटल पुगेकी थिइन् ।
आपराधिक रेकर्ड भएका रोडरिकले आफ्नो हतियार कोठामा छोडेर बाहिर गएका बेला छोराले त्यसलाई बाहिर निकालेर खेल्ने क्रममा उक्त घटना हुन पुगेको हो ।
‘