पोखरीमा डुबेर तीन बालबालिकाको मृत्यु

केन्द्रभाग मिडिया

dead

काठमाडौं ।

सिरहा र कैलालीमा डुबेर तीन बालबालिकाको ज्यान गएको छ ।

सिरहाको सुखिपुर नगरपालिका ५ हनुमाननगर टोल बस्ने विनोद पासवानको छोरा ३ वर्षीय नारद कुमार पासवानको डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । घर छेउमा रहेको पोखरीको डिलमा खेल्ने क्रममा खसेर डुब्दा उनको मृत्यु भएको हो ।

यस्तै कैलालीको लम्की चुहा नगरपालिका-८ मलभङ्गा बस्ने लाल बहादुर बिष्टकी छोरी ७ वर्षीया आश्रिया बिष्ट र सोही ठाउँ बस्ने भिम बहादुर कुवँरकी छोरी ६ वर्षीया भावना कुँवरको सोमबार साँझ डुबेर मृत्यु भएको छ ।

सोही ठाउँस्थित बडिमालिका इँटाभट्टाको पछाडि खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा खसेर डुबेको अवस्थामा उद्धार गरी उपचारको लागि खापर हेल्थ क्लिनिकमा लगेकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको हो ।

  • १४ असार २०७९, मंगलवार १३:२६ प्रकाशित