आईजीपी नियुक्तिविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

आईजीपी नियुक्ति विरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ ।

बहस नसकिएकोले अर्को सुनुवाइ असार १९ गते हुने गरी मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै आएको छ । मुद्दा हेर्दाहेर्दैमा राखिएको यो तेस्रो पटक हो । यसअघि जेठ ३० र असार ५ गते पनि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

आजको मुद्दामा महान्यायाधिवक्तासहित सरकारी वकिलहरूले बहस गरेका थिए । वैशाख १८ मा मन्त्रिपरिषद्ले सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

  • १३ असार २०७९, सोमबार १६:४८ प्रकाशित