गठबन्धनबाट मुलुकलाई फाइदा हुँदैन  : एमाले महासचिव पोखरेल

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन र समाजवादको संकल्प एकसाथ अघि बढ्न नसक्ने बताएका छन् । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरू उपस्थित भएको मञ्चमा उभिएर महासचिव पोखरेलले कसैको रिसले बनेको गठबन्धनबाट मुलुकलाई फाइदा नहुने र समाजवादको संकल्प झुटो हुने दाबी गरे ।

माओवादी अध्यक्ष प्रचण्ड,कांग्रेस नेता रामचन्द्र पौडेल,नेकपा एसका सम्मानित नेता झलनाथ खनाल,जसपा अध्यक्ष उपेन्द्र यादव र राजमोका चित्रबहादुर केसीप्रति कटाक्ष गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘समाजवादको व्याख्या र गठबन्धनको संकल्प प्रस्तुत भइरहेको छ । समाजवाद र गठबन्धनको संकल्प एकै पटक कसरी अघि बढ्छ रु यात्रा गठबन्धनको,लक्ष्य समाजवादको भएपछि चुनौती नै यही हो । तपाईँहरूको एक मात्र उद्देश्य गठबन्धन छ भने अहिले समाजवादको लागि तयार हुनुहुन्न ।’

नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आईतबार काठमाडौंमा समाजवादको लक्ष्य र चुनौती विषयमा विचार गोष्ठी आयोजना गरेको थियो ।

  • १३ असार २०७९, सोमबार १६:३५ प्रकाशित