कसैलाई मन परे पनि नपरे पनि गठबन्धनको विकल्प छैन : चित्रबहादुर केसी

केन्द्रभाग मिडिया

Deputy Prime Minister Chitra Bahadur KC speaks at the Reporters' Club in Kathmandu, on Saturday, November 14, 2015. Photo: Reporters' Club

काठमाडौं ।

राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले पाँच दलीय गठबन्धनको विकल्प नभएको बताएका छन् ।

पाँच दलभित्र मनमुटाव र समस्या भएपनि संविधान र गणतन्त्र जोगाउनको लागि आसन्न प्रदेश र प्रतिनिधिसभा चुनावमा पाँचदलीय गठबन्धनको विकल्प नभएको उनले बताएका हुन् ।

नेपालमा समाजवाद : चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले कसैलाई मन परे पनि नपरे पनि गठबन्धनको अन्य कुनै विकल्प नभएको बताए । ।

उनले भने, ‘कसैलाई मन परे पनि, नपरे पनि प्रदेश र संघको चुनावमा गठबन्धन एकजुट भएर जानुको विकल्प छैन । यदि वामपन्थीहरुको राम्रो खुट्टा टेकेर मुलुकलाई अगाडि लगेको भए अरुलाई मिसाउनुपर्ने थिएन । तर हामीले सकेनौं ।’
उनले कांग्रेसलाई किनारा लगाएर वामपन्थी शक्ति बनाउने भनेर पार्टी एकतादेखि चुनावमा सहकार्य गरे पनि त्यसलाई जोगाउन नसकेको बताए

  • १३ असार २०७९, सोमबार १५:५५ प्रकाशित