एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक काठमाडौंमा सुरू

केन्द्रभाग मिडिया

काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीको प्रथम केन्द्रीय परिषद् बैठक प्रज्ञा भवनको सभाहलमा सुरु भएको छ । बैठकको पार्टी अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गरेका छन्।

देशभरिबाट करिब १५ सय जना सहभागी हुने उक्त बैठक बैठकमा पार्टीको देशभर भएका साङ्गठनिक गतिविधि तथा गत स्थानीय तहको चुनावबारे समीक्षा लगायत विषयमा छलफल हुने बताइएको छ । साथै आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको तयारी र एजेन्डाबारे पनि छलफल बताइएको छ ।

बैठकमा केन्द्रीय नेताहरू तथा अन्य जनवर्गीय संगठनका नेताहरूको समेत उपस्थिति रहेको छ ।

  • १३ असार २०७९, सोमबार १४:०८ प्रकाशित